‘छवि ओझाको दबाबमा परेर शिल्पालाई लिएको होइन्’ : निर्देशक
- News Page
- Published On: April 06,2015

लगभग २२ वटा नेपाली फिल्ममा सहायक भएर निर्देशन गरेका ऋषि लामिछाने ‘कही मिलन कही विछोड’ बाट फिचर फिल्मको निर्देशनमा डेव्यु गरेका हुन् । डकुमेन्ट्री तथा टेलिफिल्म गरी पाँच सय बढी निर्देशन गरेका ऋषि निर्देशित धारावाहिक टेलिफिल्म ‘परिचय’ गृहस्थी दर्शक माझ हिट थियो । व्यावसायिक रुपमा सफल फिल्म ‘आफ्नो मान्छे आफ्नै हुन्छ’ सहित उनी निर्देशित ‘श्रीमान श्रीमती’, ‘हाम्रो माया जुनी जुनीलाई’ र ‘सरी ल’ फिल्महरु प्रदर्शनमा आइसकेका छन् । ऋषि लामिछाने निर्देशित पछिल्लो फिल्म ‘हवल्दार सुन्तली’ आउँदो शुक्रबार चैत २७ गते बाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । निर्देशक लामिछानेका हरेक जसो फिल्म नारी संवेदनासँग जोडिएका हुन्छन् । निर्देशक ऋषि लामिछानेसँग न्यूजपेजथ्री डटकमका लागि उत्सव रसाइलीले संवाद गरेका छन्, जसलाई यहाँ प्रस्तुत गरिएको छ ।
तपाइका अधिकाशं जसो फिल्म तथा टेलिफिल्म नारी संवेदनासँग जोडिएका हुन्छन्,किन ?
ईश्वरले बनाएको सबैभन्दा सुन्दर श्रृष्टि भनेकै नारी हो । नारीमा त्याग र सर्मपण हुन्छ । सुखमा नआत्तिने र दुःखमा नमात्तिने बानी नारी जातिमा हुन्छ । स्वर्णिम, सफल र सवल भनेकै नै नारी हुन् । नारी जननी देखि साथ दिने र सबैभन्दा अमुल्य उपहार भनेकै नारी हुन् । म नारीलाई पूजा गर्छु । त्यसैले म टेलिफिल्ममा या फिल्ममा नारी संवेदनाका विषय उठाउँछु ।
दर्शकको संवेदना ‘क्यास’ गर्न सजिलो हुन्छ भनेर त नारी संवेदनालाई जोड दिनु भैरहेको होइन ?
दर्शकको मनोभावनालाई क्यास गर्ने भन्ने त्यो चाहिं व्यावसायिक पक्ष होला । निर्देशकले दर्शकको भावना ‘क्यास’ गर्छु भन्न मिल्दैन । तर, नारी संवेदनाले दर्शकको मनसम्म पुगेर छुन्छ भन्ने विचार चाहि हो ।
फिल्म ‘हवल्दार सुन्तली’ पनि नारी संवेदना माथि नै आधारित फिल्म हो क्यारे ?
‘हवल्दार सुन्तली’ महिला हिंसा विरुद्धको आवज हो । यो फिल्म सत्य घटनामा आधारित हो तर हामीले सुन्तली धामीको घटनालाई क्यास गर्न खोजेका भने होइनौं । यदि त्यस्तो गर्ने भए सुन्तली धामीको वृत्तचित्र बनाउँथ्यौं वा जीवनीमा फिल्म बनाउँथ्यौं । यो फिल्म सुन्तली धामीको जिवनकथा होइन । हामीले उनी माथि घटेको त्यो घटनालाई ‘इष्यू’ मात्रै बनाएका हौं । सुन्तली धामीको घटनामाथि घटेको घटनापछि उन्को जिवन कसरी चल्या ? हाम्रो पात्रले त्यसलाई प्रस्तुत गर्दछ ।
वास्तविक घटनालाई कसरी फिल्ममा प्रस्तुत गर्नु भएको छ त ?
घटनालाई काल्पनिक बनाएका छैनौं । घटना पछिका कुराहरुलाई हामीले आफ्नै तरिकाले प्रस्तुत गरेका छौं । यथार्थको नजिक रहेर कल्पनालई प्रयोग गरिएको हो ।
उसो भए ‘हवल्दार सुन्तली’ मा के छ त ?
अहिले छ सात वर्षको बालिकामाथि पनि बलात्कार भएको घटना सार्वजनिक भैरहेका छन् । यस्ता घटनालाई पनि हामीले फिल्ममा समावेश गरेका छौं । मानविय जिवनमा घट्ने घटनाक्रमको चक्र नै ‘हवल्दार सुन्तली’ हो । सुन्तली धामी प्रतिनिधि पात्र मात्रै हुन् । मान्छेको जिवनमा आइपर्ने सुख, दुःख, रिस, आवेग सबै कुरालाई हामीले फिल्ममा समावेश गरेका छौं । ‘हवल्दार सुन्तली’ डेढ करोड नेपाली महिलाहरुको लागि बनाइएको फिल्म हो । यो फिल्म हेरेर महिला दिदी बहिनीलाई समाजमा गलत काम गर्ने पुरुषलाई पराजय गर्ने प्रेरणा मिल्छ ।
पुरुष पात्रलाई चाहिं फिल्ममा कुन स्थान दिनु भएको छ नि ?
सुन्तलीको जिवनमा घटेको घटना माथि सहयोग गर्न आउने भूमिकामा दुई जना नायक (किशोर खतिवडा र सविन श्रेष्ठ) प्रस्तुत भएका छन् । सुन्तलीको दुःख र सुखमा दुई जना पुरुष पात्रले सहयोग गर्छन् । सुन्तलीको जिवनमा आउने आरोह र अवरोहमा साथ दिन दुइ जना नायक आइपुग्छन् ।
‘हवल्दार सुन्तली’ अर्थात् नायिका शिल्पा पोखरेल लाई कत्तिको खरो रुपमा प्रस्तुत गर्नु भएको छ ?
‘लज्जा’ फिल्म हेरेपछि मैंले शिल्पालाई ‘हवल्दार सुन्तली’ खेल्ने प्रस्ताव गरेको थिएँ । मैंले जे सोचेको थिए, जुन अपेक्षा गरेको थिएँ शिल्पाले त्यो भन्दा राम्रो अभिनय गरेकी छन् । द्धन्द्ध, नृत्य, अभिनयको पक्षमा उन्ले राम्रो काम गरेकी छन् । शिल्पा सुन्तलीको भूमिकामा उचित छन् ।
तपाईको रोजाइमा त अर्की नायिका हुनुहुन्थ्यो होइन ?
अकमकिदैं...हो पहिले मेरो रोजाइमा रेखा थापा हुनुहुन्थ्यो । संयोग कस्तो पर्यो भने रेखा जीे व्यस्त भएपछि मैंले अरु नायिका लिनु पर्ने स्थिति आयो । यस्तो भएपछि अरु नायिकामा जतिकै क्षमता शिल्पा पोखरेलमा छ भनेर उन्लाई लिएका हौं । शिल्पा अभिनित पहिलो फिल्म ‘लज्जा’ हेरेपछि पनि ‘हवल्दार सुन्तली’ मा उन्लाई लिन सजिलो भयो ।
नायिका रेखा थापा र निर्माता छविराज ओझा बिचको लडाइको मारमा पर्नु भएको त होइन ?
त्यसलाई त्यसरी नबुझौं । रेखा थापा र छवि ओझा ज्यूको कुरा मेरो फिल्म भन्दा धेरै परको हो । उहाँहरुको दाम्पत्य जिवन छुट्टिएपनि व्यावसायिक सम्बन्ध कायम रहनु पर्छ भन्ने मेरो शुभेच्छा छ । उहाँहरुको सम्बन्धले ‘हवल्दार सुन्तली’ मा स्थान लिएको छैन । म चपेटामा परेर शिल्पा पोखरेललाई लगेको होइन । रेखा थापा पछि अरु हिरोइन लिनु भन्दा शिल्पा पोखरेललाई लिनु पर्छ भन्ने मान्यत मेरो पनि हो । छवि ओझाको प्रोडक्सन भन्दा बाहिरबाट र अरुले जन्माएका हिरोइनलाई मैंले खेलाउन नचाहेको पनि हो । तर, छवि ओझाको दबाबमा परेर शिल्पालाई लिएको भने होइन् ।
रेखा थापा नहुने भएपछि अन्य चिनिएकी नायिका पनि त लिन सकिन्थ्यो होला नि ?
अरु कुन चाहिं नायिका लिने त ? मैंले चिनेको बुझेको नायिका रेखा थापा हो । नेपालमा अहिलेपनि एक नम्वरदेखि दश नम्वरसम्म नायिकामा रेखा थापा नै हुन् । दश नम्बर पछाडि चाहिं मैंले शिल्पा पोखरेललाई देख्छु । रेखा थापा पछिको मार्केट शिल्पा पोखरेलको हो । अरु नायिकालाई म चिन्दिंन । फिल्म पक्कै हेर्छु तर व्यक्तिगत चिनजान छैन । काम गर्ने तरिका पनि थाहा छैन । बजारमा नकारात्मक कुरा सुनिन्छ । उहाँहरुले समय नदिनु होला । हामी हाम्रो समयमा हिड्ने कलाकार लिन चाहान्छौं, आफ्नो समयमा हिड्ने कलाकार लिन चाहन्नौं । हाम्रो समय अनुसार हिड्ने भएकाले शिल्पालाई लिएका हौं ।
फिल्मको सबैभन्दा बलियो पक्ष चाहिं के हो ?
विचार र विषय नै ‘हवल्दार सुन्तली’ को सबैभन्दा बलियो पक्ष हो । त्यसैले चैत २७ गते हलमा गएर फिल्म हेरिदिनुस् । अर्को कुरा छवि ओझाले आफ्नो फिल्मी कार्य कालमा दर्शकलाई मन पर्ने धेरै फिल्म दिनु भएको छ । छवि ओझाले निर्माण गर्ने फिल्म राम्रो हुन्छन् भन्ने दर्शकले बुझ्नु भएको छ । फिल्मका सबै कलाकारले राम्रो अभिनय गर्नु भएको छ । फिल्मको हरेक पक्ष उत्कृष्ट छ ।

Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2025 - newspage3.com All rights reserved