२०७१ सालामा को चले को चलेनन् ?
- News Page
- Published On: April 09,2015

चैत महिनको अन्तिम सातालाई छाडेर गन्ति गर्दा वर्ष २०७१ सालमा झण्डै ८० वटा नेपाली फिल्महरु प्रदर्शनमा आएका छन् । गत वर्षको तुलनामा यो वर्ष प्रदर्शनमा आएका फिल्मको संख्यामा झण्डै १० ले कमी आएको छ । यद्पी ८० फिल्महरु मध्ये वर्ष ०७१ सालमा १० फिल्मले पनि निर्मातालाई नाफा दिन सकेनन् । व्यापार जे जस्तो भएपनि वर्ष ०७१ सालमा नेपाली कलाकार भने चलिरहे, चर्चामा आइ नै रहे । तर, फिल्मको सुखद व्यापारिक पक्षको महसुश भने एकाध कलाकारले मात्रै गर्न सके ।
नायिका रेखा थापा अभिनित तीन फिल्महरु ०७१ सालमा प्रदर्शन भए ‘दमदार’, ‘हिम्मतवाली’ र ‘तथास्तु’ । फिल्म ‘तथास्तु’ ले सोचे अनुरुपको व्यापार नगरे तापनि आफ्नै ब्यानरबाट निर्माण भएको फिल्म ‘हिम्मतवाली’ ले भने रेखालाई केही प्रतिशत मुनाफा समेत दियो । फूलपातीमा प्रदर्शन भएको रेखाको ‘हिम्मतवाली’ वर्ष ०७१ सालको सुपरहिट मध्येको एक फिल्ममा पर्न आउँछ । फिल्म ‘दमदार’ मा रेखाको अतिथि भूमिका थियो । ‘हिम्मतवाली’ हिरो सुदर्शन गौतमसँगको प्रचारात्मक प्रेम प्रसंग, सामाजिक घटनासँगको संलग्नता र अन्य कारणले नायिका, निर्माता एवं निर्देशक रेखा थापा वर्ष ०७१ सालमा चर्चामा आइन् ।
०७१ सालको पहिलो महिना बैशाखमा प्रेमिका सपना भण्डरी सँग बिहे गरेर लाम लाइटमा आएका नायक आर्यन सिग्देल अभिनित यो वर्ष झण्डै आधा दर्जन फिल्महरु प्रदर्शनमा आए । प्रदर्शनमा आएका मध्ये आर्यनका जम्मा दुई वटा फिल्म ‘नोभेम्वर रेन’ र ‘लज्जा’ ले मात्रै लगानी सुरक्षित गर्ने व्यापार गर्न सके । आर्यन अभिनित बाँकी फिल्महरु ‘नाइके’, ‘अलबिदा’ र ‘माला’ ले निराशजनक व्यापार गरे भने फिल्म ‘पुर्नजन्म’ ले लगानीको झण्डै पचास प्रतिशत रकम निर्मातालाई फिर्ता गर्न सफल भयो । बिहे, व्यस्तता र फिल्म प्रदर्शनका हिसाबले नायक आर्यन सिग्देलले वर्ष ०७१ सालमा अरु नायकालाई पछि पारे ।
नायिका तर्फ प्रियंका कार्कीको वर्ष ०७१ सालमा सर्वाधिक फिल्महरु प्रदर्शनमा आए । तर, प्रदर्शनमा आएका अधिकाशं फिल्मबाट प्रियंकाले व्यावसायिक सफलताको महसुश गर्न सकिनन् । प्रियंका अभिनित ‘आवरण’, ‘पुन्टे परेड’ (अतिथि भूमिका), ‘मेरो वेस्ट फ्रेन्ड’, ‘सुन्तली’, ‘माला’ र ‘षडङ्ग’ जस्ता फिल्मले व्यावसायिक असफलता बेहोरे । यद्पी फिल्म ‘सुन्तली’ र ‘माला’ मा प्रियंकाले गरेको अभिनयको तारिफ गरियो, भयो । ०७१ को बैशाखमा प्रदर्शनमा आएको फिल्म ‘नाई नभन्नू ल २’ मात्रै प्रियंकाको करिअरकै व्यापारिक ब्लकबस्टर फिल्म हो । ‘नाई नभन्नू ल २’ को सिक्वेलमा पनि प्रियंकाको अभिनय रहेको छ, चैत २७ गते देखि प्रदर्शनमा आउने यो फिल्म प्रतिक्षित छ । आधा दर्जन फिल्म प्रदर्शनमा आएर एकले पनि व्यापारिक सफलता हाँसिल गर्न नसकेपछि प्रियंकाको वर्ष ०७१ साल अनलक्की देखियो ।
वर्ष ०७१ सालमा नायक जिवन लुईटेल पनि ‘अनलक्की’ देखिए । जिवन अभिनित मात्र तीन वटा फिल्महरु प्रदर्शनमा आए । प्रदर्शनमा आएका जिवनका ‘सिसा’ र ‘ठूली’ फिल्म ‘कोहिनूर’ को चेपुवामा परे भने ‘भूल भुलैया’ ले निर्माताको पुरै रकम असुल गर्न सकेन ।
नायिका नम्रता श्रेष्ठ अभिनित फिल्म ‘नोभेम्वर रेन’ व्यापारिक रुपमा सफल भएपनि नम्रताका दुई फिल्महरु ‘सम्बोधन’ र ‘सोल सिस्टर्स’ फिल्मी भाषामा भन्नुपर्दा ‘वास आउट’ भए । आफ्नै निर्माण एवं शिर्ष भूमिका रहेको नम्रताको ‘सोस सिस्टर्स’ कतिपय हलबाट पहिलो शो मै उत्रियो ।
बरु भुवन केसी पुत्र अनमोल केसी वर्ष ०७१ सालमा भाग्यमानी देखिए । अनमोलकै कारण फिल्म ‘जेरी’ हेर्न युवा दर्शकको हलमा घुँइचो लाग्यो । पहिलो फिल्म ‘होस्टेल’ र दोश्रो फिल्म ‘जेरी’ पनि हिट भएपछि अनमोललाई पिताको बिंडो थाम्ने अर्थात् भविष्यको स्टार नाययको रुपमा लिइएको छ । अनमोलकै उमेरका हिरो संयम पुरीको भने ०७१ सालमा प्रदर्शनमा आएका दुई वटै फिल्महरु ‘पुन्टे परेड’ र ‘आभाष’ व्यापारिक रुपमा अफसल हुन गए । ‘सायद’ चलेपछि चिनिएका संयमका यी दुई वटै फिल्ममा शिर्ष भूमिका थियो ।
वर्ष ०७१ सालमा नायिका निशा अधिकारीका ‘मुखौटा’, ‘मेरो भ्यालेन टाइन’, ‘आभाष’, ‘मिसन पैसा २’ र ‘भीमदत्त’ जस्ता फिल्महरु व्यापारिक रुपमा असफल भए । तर, क्रिकेटर शरद भेषवाकर सँगको प्रेम चक्कर र पत्रकारको ग्रेडिङ गर्दै आफ्नो फेसबुकमा स्टाटस पोस्ट गरेपछि निशा यो साल चर्चा र आलोचनाको पत्र बनिन् । ०७१ सालमा नायिका केकी अधिकारीका ४ फिल्महरु प्रदर्शनमा आए । तर, केकी अभिनित चार वटै फिल्मकोे व्यापार गतिलो हुन सकेन । ‘मेरो बेस्ट फ्रेन्ड’, ‘श्री ५ अम्बरे’ र ‘माइ प्रसिम’ जस्ता केकीका फिल्महरु वर्ष ०७१ मा असफल भए भने यसै वर्ष प्रदर्शनमा आएको फिल्म ‘पुर्नजन्म’ ले लगानीको पचास प्रतिशत जति रकम फिर्ता गरिदियो । २ हजार ७१ सालमा नायिका ऋचा शर्मा अभिनित एक मात्र फिल्म ‘टलकजंग भर्सेस टुल्के’ प्रदर्शनमा आयो । फिल्म ‘उत्सब’ उन्को अतिथि भूमिका थियो । ‘टलकजंग भर्सेस टुल्के’ को व्यापार उत्साहप्रद नभएपछि ऋचा स्वतः छायाँमा परिन् । बरु निर्देशक निश्चल बस्नेत सँगको प्रेम सम्बन्धका कारण ऋचा चर्चामा आइन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘झोला’ बाट एकाएक चर्चामा आएकी नायिका गरिमा पन्तको चर्चा यो वर्ष भएन भन्दा पनि हुन्छ । गरिमाका दुवै फिल्महरु ‘ठूली’ र ‘रङ्ग बैजनी’ व्यापारिक अफलताको लिस्टमा पर्न आए । नायिका सुमिना घिमिरेका पनि २०७१ सालमा प्रदर्शनमा आएजति सबै फिल्महरु असफल भए । यसै वर्ष बिहे गरेकी सुमिनाले फिल्म नै नखेल्ने निर्णय लिएकी छन् । नायिका निता ढुङ्गाानाको एकमात्र फिल्म ‘भूल भुलैया’ वर्ष ०७१ मा प्रदर्शनमा आयो । निताको यो फिल्मले सुखद् सुरुवाती व्यापार गर्यो तर लगानी भने उठाउन सकेन ।
नायक सौगात मल्ल अभिनित ‘मुखौटा’, ‘श्री ५ अम्बरे’ र ‘षडङ्ग’ जस्ता फिल्महरुले वर्ष ०७१ मा व्यावसायिक असफलता बेहोरे । तर, यी सबै असफल फिल्महरुमा निभाएको भूमिकाबाट सौगातले प्रशंसा पाउन सफल भए । कलाकार दयाहाङ राईको फिल्म ‘कवड्डी’ सफल भएपनि ‘नागबेली’ र ‘सम्बोधन’ जस्ता फिल्मले व्यापारिक निराशा बेहोरे । यद्पी दयाहाङ वर्ष भरी नै फिल्मको छायाँकनमा व्यस्त रहे । पहिलो निर्माण रहेको ‘बिर्खेलाई चिन्छस्’ बाट लगानी उठाएपनि नायक सुवास थापा अभिनित अरु फिल्म सफल हुन सकेनन् ।
एक समयका चकलेटी स्टार दीलिप रायमाझीका पनि वर्ष ०७१ मा ‘विधवा’ र ‘लोग्ने मान्छे’ लगायत फिल्महरु प्रदर्शनमा आए । यी फिल्मको प्रदर्शनले दीलिपको खस्केको क्रेज माथि उठ्न सकेन । महानायकको रुपमा परिचित राजेश हमाल फिल्म भन्दा पनि प्रेमिका मधु भट्टराईसँगको बिहेका कारण वर्ष ०७१ मा चर्चामा रहे । यो सालमा नायिका झरना थापा अभिनित कुनै पनि फिल्म प्रदर्शनमा आएनन् । दुवै हात गुमाएका सुदर्शन गौतम र मोडल शिल्पा पोखरेले वर्ष ०७१ मा नव नायक नव नायिकाको रुपमा चर्चा भयो । रेखा फिल्मस्को ‘हिम्मतवाली’ र छविराज प्रोडक्सनको ‘लज्जा’ बाट क्रमशः सुदर्शन र शिल्पाले रजतपटमा डेव्यु गरेका हुन् ।

Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2025 - newspage3.com All rights reserved