मन्त्री र कलाकार पुग्दा चोगाउँमा जे देखियो (फोटो फिचर)
- News Page
- Published On: December 31,1969

अभिनेत्री करिश्मा मानन्धरको सह संयोजनमा परम् शक्तिपीठले निर्माण गरेका ७५ अस्थायी घरहरु मध्ये ५० वटा अस्थायी घरहरु भूकम्प प्रभावित परिवारलाई हस्तान्तरण गरिएको छ । अस्थायी घरको नामाकरण वात्सल्या कुटी गरिएको छ ।
काठमाण्डूस्थित धर्मस्थली नगरपालिकामा पर्ने चोगाउँमा निर्माण गरिएका उक्त संख्याका अस्थायी घरहरु सूचना तथा सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा मंगलबार त्यहाँका भूकम्प प्रभावित परिवारलाई हस्तान्तरण गरिएको हो । अस्थायी घर हस्तान्तरण कार्यक्रममा मन्त्री रिजालसँगै चलचित्र विकास वोर्डका अध्यक्ष एवं दर्जन बढी कलाकार चोगाउँ पुगेका थिए । मन्त्री तथा कलाकारको स्वागतमा बाजा बजाइएको थियो भने स्थानियले उनीहरुलाई फूलमाला र अबिर लगाइदिएर सत्कार गरेका थिए । मन्त्री रिजाल र अभिनेत्री मानन्धरलाई दुबोको माला पहिर्याइएको थियो ।
अस्थायी घरको शिला लेख उद्घाटन गर्दै मन्त्री रिजालले परम् शक्तिपीठ र कलाकारले निर्माण गरेको अस्थायी घर निर्माणलाई परोपकारीको अनुपम उदाहरण रहेको बताए । विपत्मा सहयोग गर्ने जो कोही प्रति पनि राज्य बाधक नबन्ने र सहयोगीसँग समन्वय गरेर राज्य अगाडी बढ्न तयार रहेको समेत उनले बताए । त्यस्तै चलचित्र विकास वोर्डका अध्यक्ष राजकुमार राईले विपत्मा कलाकारले पनि सहयोग गर्न सक्छन् उदाहरण चोगाउँमा निर्माण भएका अस्थायी घरले पेश गरेको बताए ।
अभिनेत्री करिश्मा मानन्धरले परम् शक्तिपीठकी अधिष्ठात्री परम्पूज्या दिदी माँ साध्वी ऋतंभरालाई प्रशंसा पत्र हस्तान्तरण गरिन् । कार्यक्रममा अस्थायी घर निर्माण समितिमा रहेका सदस्यहरु विनोद मानन्धर, आकाश अधिकारी, झरना थापा, दीपाश्री निरौला, प्रकाश सुवेदी, बाबुराम दाहाल सहित सरोज खनाल, बसुन्धरा भूषाल, गौरी मल्ल, रमेश उप्रेती, दीलिप रायमाझी, दीपकराज गिरी, कोमल वली, जितु नेपाल, केदार घिमिरे ‘माग्ने बुढा’ लगायत कलाकार, निर्देशक तथा निर्माता सहभागी थिए ।
कोमल वली, दीपकराज गिरी, जितु नेपाल र केदार घिमिरे ‘माग्ने बुढा’ ले स्थानियलाई आफ्नो प्रस्तुती मार्फत मनोरञ्जन दिलाए थिए भने शक्तिपीठकी अधिष्ठात्री परम्पूज्या दिदी माँ साध्वी ऋतंभराले प्रेरणामुलक प्रवचन दिइन् । बाँकी रहेका २५ वटा अस्थायी घर एक साता भित्र निर्माण गरेर भूकम्प प्रभावित परिवारलाई हस्तान्तरण गरिनेछ । बैशाख १२ गते आएको भूकम्प र त्यसपछि आएका शक्तिशाली पराकम्पनले धर्मस्थलीको चोगाउँ पूर्ण रुपमा प्रभावित भएको छ । शब्द तथा तस्बिर : उत्सब रसाईली












Priyanka in Jay Author's Song
Popular singer Jay Author has released a new song. Jay has almost all hit songs. He has already been signed for Jayan Shrestha's new movie. The song is entitled 'Maichang' and is prepared by Jay and Aizen. The video features Priyanka Karki along with Jay. Similarly, Suyog Gurung

Producer of 'Baadha Mayale' Opens New Restaurant With Cultural Dance
The producer of film 'Baadha Mayale', Mr. Kedar Dhital has opened a new lounge at Maitidevi named Bashulinga Lounge and Bar. Bikash Thapa has assisted Mr. Dhital with this project. It is probably the first restaurant in the Kathmandu valley with cultural dance. Dhital said, "P

Application Open For Miss Nepal 2020
The application form for Miss Nepal 2020 has been opened. The form was opened on Monday with a deadline on 27 Mar. The application can be filled from the Miss Nepal's official website. The organizer of the beauty pageant, Hidden Treasure disclosed that Miss Nepal of 2020 will be
Copyright © 2025 - newspage3.com All rights reserved